साढे ६ लाख कित्ता एफपिओ जारी गर्दै प्रिमियर इन्स्योरेन्स

काठमाडौं, फागुन २३ । प्रिमियर इन्स्योरेन्सले पूँजी वृद्धिका लागि साढे ६ लाख कित्ता सेयर फरदर पब्लिक अफरिङ(एफपिओ) जारी गर्ने भएको छ । इन्स्योरेन्स सञ्चालक समितिले उक्त संख्यामा एफपिओ निष्काशन गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको हो । कम्पनीको साधारणसभा आगामी चैत १७ गते बस्ने भएको छ ।

कम्पनीले पूँजी वृद्धि गर्नका लागि साथै कम्पनीको हाल कायम रहेको कम्पनीको सस्थापक समूहमा हाल रहेको ६० प्रतिसत हिस्सालाई ५१ प्रतिसत कायम गरि सर्वसाधार साधारण समूह ४९ प्रतिसत पुर्याउन एफपिओ गर्न लागिएको हो । सोही अनुसार एफपिओ जारी गर्दा कम्पनीले ६ लाख ५९ हजार ५६५ कित्ता सेयर एफपिओ गर्नुपर्ने देखिन्छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ३० प्रतिसत बोनस सेयर दिदै छ । कम्पनीले गत आर्थिक बर्षमा १४ करोड ३१ लाख ९८ हजार रुपैयाँ खुद मुनाफा गरेको थियो ।

हाल कम्पनीको चुक्तापुँजी २८ करोड ७५ लाख रुपैयाँ छ । बोनस वितरण पछि कम्पनीको चुक्ता पुँजी ३७ करोड रुपैयाँ पुग्नेछ ।

साधारणसभा प्रयोजनका लागि इन्स्योरेन्सको शेयरधनी दर्ता पूस्तीका आगामी चैत ४ गतेदेखि १७ गतेसम्म बन्द रहने नेप्सेले जनाएको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Need Instant Support?

Dial: 9804495818

Scroll to Top